म बिहे गर्दिन ल आमा ?

म बिहे गर्दिन ल आमा ?

 

” मेरी आमा सबैभन्दा दयालु, सबैभन्दा मायालु ”

यती भन्दैमा तिमी खुसाउछौ,

थोरै मात्र झर्किउ म,

चित्त दुखाइ रिसाउछौ,

तिमी जस्ती आमा अरु कहाँ पाउनु र ?

आफ्नो ठाँउ माया मारी अरुकोमा कसरी जानु र ?

 

तिमीलाई त घुर्की लाउछु,

सासुलाई के लाउला म?

तिमीलाई जस्तो माया त,

सासुलाई के गरुँला र !

 

मिठो बोल्लिन उनी पनि,

तिमी नै सबैभन्दा मायालु,

शृङगारपटार गर्न होलिन सिपालु,

जे भए नि तिमी मेरी आलु, उनी चै पिडालु!

 

ठेस लागेमा मलाई, कठै बरी भन्लिन

तिमीले जस्तो मलम पट्टी लाइदेलिन र आमा?

भोक छैन मलाई भन्दा , किन भनि सोध्लिन

घुर्की नला, खुरुक्क खा भन्दै आफै खुवाउलिन र आमा ?

 

तिमी त मलाई “मेरो छोरो होस तँ” भन्छौ,

ज्वाइको रुपमा बुहारी भित्र्याउन मिल्दैन र आमा?

बिहे गरेर आफ्नै घर जाने भए ,

तिमी किन आमा, उनी चै सासु आमा?

 

खोई त मेरी हजुरआमाले तिमीलाई,

तेल लगाई ताते ताते गरेको?

आइज छोरी कथा भन्छु भनि,

आफ्नै काखमा सुताएको?

छोरी नभनी तिमीलाई,

ए साहिली बुहारी भनि किन बोलाएको?

त्यसैले तिमीलाई छोडी जान्न ल म कसैकोमा,

उमेर बढी रहोस त्यही पनि म बिहे गर्दिन ल आमा ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *