केटि फकाउनु पर्दा खेरिको फुर्सद

केटि फकाउनु पर्दा खेरिको फुर्सद,
अनि पछि त्यै केटि फकिएपछि
उसलाई समय दिन नसक्ने त्यो व्यस्तता ।
पहिलो दिनमा जति पछि लागिन्छ,
त्यति नै मिहेनत पछी चाहिँ किन गरिन्न ?
मन नै त हो, त्यही आस गरिरहन्छ,
जुन मिहेनत देखेर मन पराईएको हुन्छ,
बिस्तारै सेलाउदै, हराउदै गएसी के होस् ?
त्यै माथि छोरी मान्छेको मन,
सानो कुरामा चसक्क हुने,
कुन कुरामा कति बेला दुख्छ,
बुझेर पनि बुझी नसक्नुको,
बाहिर राम्रै देखिन्छिन ऊनि,
भित्र के आंधी चलिरको छ थाहा हुन्न,
तर छोरी मान्छेको मन, चाडैं फक्किईने
जति जे भन, कराउ, थर्काउ,
एक चोटी मायालु स्वोरमा बोलेसी पुग्छ,
सारा दुख एक हाँसोमा भुल्ने त्यो मन,
तेस्लाई फकाएर मख्ख पार्न खोज्ने
केटाहरुको त्यो सुरुको प्रयास,
केटि फकाउनु पर्दा खेरिको त्यो फुर्सद
अनि पछि तेइ केटि फकिएपछी
उसलाई समय दिन नसक्ने, त्यो व्यस्तता।

9 thoughts on “केटि फकाउनु पर्दा खेरिको फुर्सद

Leave a Reply

Your email address will not be published. Required fields are marked *